काठमाण्डू, १९ असार– सरकारले प्रा.डा.भोला थापालाई त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्त गर्ने तयारी गरेको छ ।
कुलपति समेत रहेका प्रधानमन्त्री बालेन्द्र शाहले त्रिविको उपकुलपतिमा प्रा.डा. थापालाई नियुक्त गर्ने तयारी गरेको उच्च स्रोतले जनाएको छ ।
‘उहाँलाई नै उपकुलपति नियुक्त गर्नेगरी शाहले फाइनल गरिसक्नु भएको छ । अब कुनै नाटकीय ट्वीस्ट नआए उहाँले नै नियुक्ति पत्र पाउनु हुन्छु, शिक्षा मन्त्रालय स्रोतले भन्यो ।
सम्भवतस् आजै उपकुलपति नियुक्त गर्नेगरी तयारी भएको छ । सिफारिस समितिले प्रा.डा. थापासहित प्रा.डा.नन्दबहादुर सिंह र प्रा.डा.दुर्गादत्त पौडेलको नाम सिफारिस गरेको थियो । थापा यसअघि काठमाण्डू विश्वविद्यालयको उपकुलपति थिए ।