बैतडीमा बस दुर्घटना

काठमाण्डु टुडे २०८३ असार १९ गते १५:५९ मा प्रकाशित

काठमाण्डू, १९ असार– बैतडीमा यात्रुवाहक बस दुर्घटनामा परेको छ । धनगढीबाट बैतडी जाँदै गरेको सुपप्र ०१००१ ख ३९६३ नम्बरको बस शुक्रबार दिउँसो बैतडी पाटन नगरपालिका–८ गैराखानमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

बस सडकबाट ६० मिटर तल खसेको प्रत्यक्षदर्शीले बताएका छन् । दुर्घटनामा क्षतिको विवरण भने आउन बाँकी छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us