काठमाण्डू, १८ असार– सम्बन्धमा रहँदा महिलासँग खिचेका नग्न तस्वीर, भिडियो सार्वजनिक गरिदिने भन्दै ब्ल्याकमेलिङ गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रुपन्देहीको गैडहवा गाउँपालिका–८ का २० वर्षीय पवन निसाद रहेको प्रहरीले जनाएको छ । उनलाई प्रहरीको केन्द्रीय साइबर ब्यूरोले पक्राउ गरेको हो ।
सम्बन्ध बिग्रेपछि पीडित महिलाको तस्वीर, भिडियो सार्वजनिक गरिदिने भन्दै उनले ब्ल्याकमेलिङ गरेको आरोप छ । पक्राउ परेका उनीमाथि साइबर कसुरमा काठमाण्डू जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।