निधि निवासमा कांग्रेसका तीन नेताबीच छलफल जारी

काठमाण्डु टुडे २०८३ असार १८ गते १४:४६ मा प्रकाशित

काठमाण्डू, १८ असार– कांग्रेसका तीन नेताबीच भेटवार्ता भएको छ । कांग्रेस नेता विमलेन्द्र निधिको निवास मध्यबानेश्वरमा निधि, प्रकाशमान सिंह र डा. शशांक कोइरालाबीच भेटवार्ता भएको स्रोतले जानकारी दिएको छ ।

तीन नेताबीच पार्टीको पछिल्लो राजनीतिक अवस्था, समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल जारी रहेको निधिको सचिवालय स्रोतले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us