ट्राफिक नियम उल्लंघन आरोपमा सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना

काठमाण्डु टुडे २०८३ असार १८ गते १२:३२ मा प्रकाशित

काठमाण्डू, १८ असार– ट्राफिक नियम उल्लंघन गरेको आरोपमा सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह कारबाहीमा परेका छन ।

मुख्यमन्त्री शाहलाई कारबाही स्वरूप ५ सय रुपैयाँ जरिबाना तिराइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख रेशम आचार्यसहितका प्रहरी टोली शाहको निवासमै पुगेर जरिबाना तिराएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us