ठमेलमा अश्लील गतिविधिमा संलग्न पाँच विदेशी महिला पक्राउ

काठमाण्डु टुडे २०८३ असार १८ गते ८:५९ मा प्रकाशित

काठमाडौं- ठमेल क्षेत्रमा अश्लील गतिविधिमा संलग्न रहेको आरोपमा  प्रहरीले पाँच विदेशी महिलालाई पक्राउ गरेको छ ।
प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका–२६ ठमेलमा स्वदेशी तथा विदेशी पुरुष पर्यटकलाई बाटो छेकेर अश्लील गतिविधिका लागि मोलमोलाइ गर्दै दुःख दिएको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा युगान्डाका चार जना र इन्डोनेसियाकी एक महिला छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार पक्राउपछि उनीहरूलाई सम्झाइबुझाइ गर्ने क्रममा प्रहरीमाथि नै अभद्र व्यवहार गरेका थिए ।
उनीहरूमाथि अभद्र व्यवहार तथा अन्य सम्बन्धित कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us