काठमाण्डू, १४ असार– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफू र प्रधानमन्त्री बालेन शाह मिले जनताले कतिको अचम्म मान्लान् ? भन्दै जिज्ञासा राखेका छन् ।
एमालेका अध्यक्ष केपी ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डबीच हुनसक्ने सम्भावित सहकार्यलाई लिएर उनले यस्तो टिप्पणी गरेका हुन ।
आज ओली र प्रचण्ड लामो समयको तिक्ततापछि एउटै मञ्चमा उभिएर सहकार्यको सुरुआत गरेका थिए । त्यसपछि उनले फेसबुकमा लेखेका छन्, ‘प्रचण्ड र केपी ओली मिल्दा अचम्म नमान्ने जनताले हर्क साम्पाङ र बालेन मिले भन्ने खबर आए कतिको अचम्म मान्लान् त ?’ पछिल्लो समय सदनमा प्रधानमन्त्री शाहको चर्को विरोध गर्नेमा अध्यक्ष साम्पाङ देखिएका छन्।