काठमाण्डू, ६ असार– प्रहरीले ललितपुरको बालकुमारीमा गोली चलाएको छ । लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीको लागु औषध नियन्त्रण ब्युरोले गोली चलाइएको प्रहरीले जानकारी दिएको छ ।
गोली चलाएर तीन जना लागुऔषध कारोबारी समातिएको प्रहरी स्रोतले जानकारी दियो । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको समेत प्रहरीले जनाएको छ ।