रास्वपा केन्द्रीय समिति बैठक एक घण्टा सर्यो

काठमाण्डु टुडे २०८३ असार ६ गते १३:१० मा प्रकाशित

काठमाण्डू, ६ असार– सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आज बस्ने भनिएको केन्द्रीय समितिको बैठक एक घण्टा पछिको लागि सरेको छ । दिउँसो १ बजेका लागि तय भएको बैठक २ बजेमात्रै बस्ने भएको रास्वपा महामन्त्री कबिन्द्र बुर्लाकोटीले जानकारी दिएका छन । बैठक भरतपुरको विक्रम मार्गस्थित दियालो फुडल्यान्डमा बस्ने महामन्त्री बुर्लाकोटीले जानकारी दिए ।

भोलिदेखि रास्वपा महाधिवेशन सुरु हुँदैछ । त्यसअघि बस्न लागेको यो अन्तिम केन्द्रीय समिति बैठक हो । बैठकमा पार्टीको पहिलो महाविधेशन तयारी, विधान संशोधन प्रस्ताव र समसामयिक संगठनात्मक विषयमा छलफल जनाइएको छ ।

रास्वपाको हाल १३१ सदस्यीय केन्द्रीय समिति छ । अब विधान संशोधन गरेर त्यसलाई १५१ बनाउने प्रस्ताव गरिएको छ । केन्द्रीय समितीबाट पारित भएको संशोधन प्रस्ताव महाधिवेशनको बन्दसत्रमा पेश गरिनेछ ।

केन्द्रीय समितिको बैठक तथा महाविधेशनमा सहभागी हुनका लागि पार्टी सभापति रवि लामिछाने आज चितवन आउने कार्यक्रम रहेको रास्वपा चितवनका सभापति मिनि माधव खनालले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us