पाराग्वेसँग हारेपछि टर्कीए बाहिरियो

काठमाण्डु टुडे २०८३ असार ६ गते ११:१५ मा प्रकाशित

काठमाण्डू, ६ असार– लगातार दोस्रो हारसँगै टर्की फिफा विश्वकप २०२६ बाट बाहिरिएको छ । सान फ्रान्सिस्को बे एरिया स्टेडियममा शनिबार बिहान भएको खेलमा पाराग्वेसँग १–० ले पराजित भएसँगै टर्की विश्वकपको समूह चरणबाटै बाहिरिएको हो ।

यो नतिजासँगै सहआयोजक अमेरिका भने एक खेल अगावै समूह ‘डी’ को विजेता बन्दै नकआउट चरणमा पुगेको हो । अमेरिकाको २ खेलबाट ६ अंक छ ।

समान दुई खेल खेलका अष्ट्रेलिया र पाराग्वेको समान ३ अंक छ । सबै टोलीले एकएक खेल्न बाँकी छ । हेड टु हेडका आधारमा अगाडि हुँदा अमेरिका समूह विजेता बन्ने निश्चित भएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us