ब्राजिल समूह ‘सी’ को शीर्ष स्थानमा, हाइटी बाहिरियो

काठमाण्डु टुडे २०८३ असार ६ गते १०:३९ मा प्रकाशित

काठमाण्डू, ६ असार– फिफा विश्वकप २०२६ मा ब्राजिलले हाइटीविरुद्ध सहज जित निकालेको छ । फिलाडेल्फिया स्टेडियममा शनिबार बिहान भएको खेलमा ब्राजिलले हाइटीलाई ३–० ले पराजित गरेको छ । ब्राजिलको जितमा दुई गोल म्याथियस कुन्हा र एक गोल भिनिसियस जुनियरले गरे । खेलको २३औं मिनेटमा कुन्हाले गोल गर्दै ब्राजिललाई पहिलो अग्रता दिलाएका छन ।

त्यसपछि ३६औं मिनेटमा कुन्हाले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । पहिलो हाफको इन्जुरी समयमा भिनिसियसले गोल गर्दै अग्रताको दुरी बढाए । दोस्रो हाफमा भने दुवैतर्फबाट गोल हुन सकेन । खेलभरि नै बल ब्राजिलको नियन्त्रणमा रह्यो । हाइटीले पाएका केही अवसर सदुुुपयोग गर्न सकेन । ब्राजिलले गरेको अन्य दुई गोलले अफसाइडका कारण मान्यता प्रप्त गर्न सफल भएन् ।

जितसँगै ब्राजिल समूह ‘सी’ को शीर्ष स्थानमा उक्लिएको छ । ब्राजिलको २ खेलबाट ४ अंक हुँदा समान ४ अंक भएको मोरक्को गोलअन्तरका आधारमा दोस्रो स्थानमा छ ।

दुई खेलमा ३ अंक जोडेको स्कटल्यान्ड तेस्रो र जितविहीन हाइटी चौथो स्थानमा छ । लगातार दोस्रो हार बेहोरेसँगै हाइटीको नकआउट चरणमा पुग्ने सम्भावना सकिएको छ । अब ब्राजिलले स्कटल्यान्ड र मोरक्कोले हाइटीसँग खेल्न बाँकी छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us