रास्वपा महाधिवेशन बन्दसत्रको हल भाडा १३ लाख ५० हजार

काठमाण्डु टुडे २०८३ असार ६ गते ८:२८ मा प्रकाशित

काठमाण्डू, ६ असार– सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को भोली (७ असार)बाट सुरु हुने प्रथम महाधिवेशनको बन्दसत्रका लागि प्रयोग हुने चितवन उद्योग संघको प्रर्दशनी केन्द्रको हल भाडा १३ लाख ५० हजार भाडा लाग्ने भएको छ ।

सुरुमा राजनीतिक कुनै पनि कार्यक्रम गर्न अनुमति नदिने जनाएको उद्योग संघले उद्योग मन्त्रालयको अनुरोध पछि रास्वपाको बन्दसत्र गर्न हल दिन तयार भएको हो ।

संघले आफ्नो नियम अनुसार रास्वपाले तीन दिन हल प्रयोग गर्दा प्रति दिन ४ लाख ५० हजारका दरले भाडा लिने सम्झौता गरेको छ । संघका अध्यक्ष अध्यक्ष मदन घिमिरेका अनुसार एक हलको एक दिनको भाडा नियमाबलीमा भएको व्यवस्था अनुसार एक लाख ५० हजार शुल्क लाग्ने गर्दछ ।

रास्वपाले तीनवटा हल नै बुक गरेकोले दैनिक दैनिक ४ लाख ५० हजार शुल्क तिर्नुपर्नेछ । रास्वपाले ८ र ९ गतेका लागि पुरै दिनको भाडा तिर्नुपर्ने छ भने ७ र १० गतेको आधा आधा शुल्क मात्रै तिर्ने गरी सम्झौता गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us