अनिश्चितकालका लागि चिडियाखाना बन्द

काठमाण्डु टुडे २०८३ असार ५ गते १६:३२ मा प्रकाशित

 काठमाण्डू, ५ असार– ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना परिसरभित्र रहेका जीवजन्तुमा बर्डफ्लु पुष्टि भएको छ ।

बर्डफ्लु पुष्टि भएपछि राष्ट्रिय प्रकृति संरक्षण कोषले सञ्चालन गर्दै आइरहेको सदर चिडियाखानाले सूचना जारी गर्दै आजदेखि अनिश्चितकालका लागि बन्द गरिएको जानकारी गराएको छ ।

चिडियाखानाका अनुसार संक्रमण थप फैलिन नदिन र आगन्तुकहरूको सुरक्षा सुनिश्चित गर्नका लागि आजदेखि नै लागु हुने गरी चिडियाखानाका सम्पूर्ण गतिविधिहरू स्थगित गरिएको छ ।

गत चैतमा कोशी प्रदेशमा देखिएको बर्डफ्लु संक्रमण अहिलेसम्म १० जिल्लामा फैलिसकेको बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us