काठमाण्डू, ४ असार– प्रतिपक्षी दल श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संसदमा रक्षामन्त्रीको खोजी गरेका छन् । आज (बिहिबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्री बालेन शाह सदनमा नआएपनि मन्त्रालयगत छलफलमा रक्षा मन्त्री आउनुपर्ने उनले बताएका छन ।
रक्षा मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्री शाहले नै सम्हालेका छन् । उनले भने, ‘रक्षा मन्त्रालय अन्तर्गतको पनि छलफल गर्ने कार्यसूची छ। रक्षामन्त्रीज्यू आउनुभएको छ जस्तो मलाई लागेको छैन, उहाँलाई पनि बोलाइयोस् ।’ रक्षा मन्त्रालय अन्तर्गतको रातो किताब आफूहरुले नपाएको बताए ।
उनले प्रधानमन्त्रीले दिएको अभिव्यक्तिलाई अविलम्ब हटाउनु पर्छ रेकर्डबाट हटाउन माग गरेका छन ।