श्रम संस्कृति पार्टीका सांसदले घेरे वेल, सभामुखले गराए सचेत

काठमाण्डु टुडे २०८३ असार ३ गते १४:४१ मा प्रकाशित

काठमाण्डू, २ असार– प्रतिपक्षी दल श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा बैठकमा वेल घेराउ गरेको छ । आज (बुधबार) बसेको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक अन्तर्गत विभिन्न मन्त्रालयगत छलफल जारी छ । छलफलका क्रममा मन्त्रीहरूले जवाफ दिने क्रम जारी छ ।

सो बीचमा श्रम संस्कृति पार्टीका अध्यक्ष समेत रहेका सांसद हर्कराज राई साम्पाङले मन्त्रीले जवाफ दिइसकेपछि पनि स्पष्टीकरण सोध्ने प्रयास गरेका थिए ।

तर, उनलाई सभामुख डोलप्रसाद अर्यालले उनलाई बिचैमा रोके । यद्यपि श्रम संस्कृति पार्टीका सांसदहरूले भने वेल घेराउ गरेका हुन् । त्यसपछि सभामुख अर्यालले कर्तव्य पालना गर्न सचेत गराए ।

‘सभामुखको आदेशको पालना गर्नुपर्ने सबै माननीय सदस्यहरूको कर्तव्य हो । कर्तव्य पालना गर्नका लागि श्रम संस्कृति पार्टीका सबै माननीयहरूलाई सचेत गराउँदछु,’ सभामुख अर्यालले भनेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us