काठमाण्डू, २ असार– प्युठानमा खोलाले बगाएर दाजुभाइको मृत्यु भएको छ । नौबहिनी गाउँपालिका–५, काटे बस्ने यामबहादुर खत्रीका छोराहरू १० वर्षीय मिलन खत्री र सात वर्षीय बिमल खत्रीको सोही ठाउँस्थित जोगी पनेरा खोलाले बगाएर मृत्यु भएको प्रहरीले जनाएको छ ।
खोला तर्ने क्रममा उनीहरू बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ । इलाका प्रहरी कार्यालय लुङबहाने र प्रहरी चौकी डामृबाट खटिएको प्रहरीले खोजी गरेका थिए ।
बिमलको शव मंगलबार दिउँसो र मिलनको शव बुधबार बिहान फेला परीएको र घटनाबारे आवाश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।