काठमाण्डू, १ असार– एमालेका महासचिव शंकर पोखरेलले पपुलिजम (प्रियतावाद) र एनार्कीजम (अराजकतावाद) यथास्थितिका पक्षपोषक रहेको टिप्पणी गरेका छन ।
आज (सोमबार) काठमाण्डूमा आयोजित एक कार्यक्रममा बोल्दै एमाले महासचिव पोखरेलले यस्तो बताएका हुन । एमाले महासचिव पोखरेलले भने, ‘पपुलिजम र एनार्कीजमले के गर्छ भन्दाखेरी तत्कालको मुद्दाहरुमा आफूलाई केन्द्रित गर्छ । समाजलाई यथास्थितिमै राखिराख्ने कुराको पैरवी गर्छ, यसर्थ पपुलिजम र एनार्कीजम यथास्थितिका पोषक हुन् ।’
तर, उनीहरूले समाजलाई सबै कुराको समाधान आफै हुन् भन्नेगरी भ्रममा पार्ने पनि बताएका छन । ‘उनीहरूले समाजलाई यसरी प्रभावित पारेका हुन्छन् कि समाजका सबै समस्याको रामवाण यिनै हुन् जस्तो,’ उनले भने ।
नेपाली समाजमा अहिले उनीहरूले ‘पुरानाले गर्न सकेनन्, हामीले गर्ने हो भन्ने भाष्य निर्माण’ गरेको उनले बताए । उनले भने, ‘समाज फेरि हिँड्ने बाटो भनेको विचारधारामै हो ।
समय लाग्ला । विचारधारा केन्द्रित आन्दोलनमा माहोल बनाउने काममा लाग्न उनले आग्रह गरे । त्यसको काम एमालेले गर्न सक्ने उनले बताएका छन।