रास्वपा कर्णाली सभापतिमा ३ जनाको उम्मेदवारी

काठमाण्डु टुडे २०८३ असार १ गते १४:१८ मा प्रकाशित

काठमाण्डू, १ आसर– सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कर्णाली सभापतिका लागि तीन जनाको उम्मेदवारी परेको छ । सुर्खेतको विरेन्द्रनगरमा हिजोदेखि सुरु भएको अधिवेशनमा प्रतिनिधि विवादले आइतबार मतदान प्रक्रिया सुरु हुन सकेको थिएन ।

सभापतिका लागि वर्तमान सभापति मदन खड्का, नेता नन्दकिशोर बस्नेत (एनके) र कोषाध्यक्ष स्नेहा उपाध्याय को उम्मेदवारी परेको निर्वाचन मण्डलले जानकारी दिएको छ ।

खड्का र उपाध्याय सुर्खेतका हुन् भने बस्नेत दैलेखका हुन् । प्रतिनिधि विवादलाई यथावत राखेर मतदान प्रक्रिया सुरु भएको प्रदेश तहका एक नेताले जानकारी गराए ।

पार्टी समयोजनको क्रममा रहेको हुँदा सबैलाई अवसर दिने गरी प्रतिनिधि बनाइएको उनले जानकारी दिए । करिब ५३० अधिवेशन प्रतिनिधिमा ३०० हारहारी विवादित सदस्य रहेको जानकारी गराइएको छ ।

रास्वपाको कर्णाली समिति ४१ सदस्यीय हुने विधानको व्यवस्था छ । विधान अनुसार सभापति र सदस्यहरुको पहिलो चरणमा अधिवेशन हुनेछ भने दोस्रो चरणमा अन्य पदाधिकारीको लागि मतदान हुनेछ ।

प्रदेश समितिको पदाधिकारीमा सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री (फरक फरक लिङ्कको दुइ जना), कोषाध्यक्ष र प्रवक्ता हुने व्यवस्था छ । कोषाध्यक्ष र वक्ता मनोनित हुने विधानको प्रावधान रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us