प्रधानमन्त्रीको देश बनाउने तस्वीरमा नेकपाको व्यङ्ग्यः फुर्सद भयो होला, अब सदनमा जवाफ दिनुहुन्छ

काठमाण्डु टुडे २०८३ असार १ गते १३:५७ मा प्रकाशित

काठमाण्डू, १ आसर– प्रतिपक्षी दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्री वालेन्द्र शाह बालेनको देश बनाउने टिमको फेसबुक पोस्टमाथि व्यङ्ग्य गरेका छन् ।

हिजो (आइतबार) प्रधानमन्त्री बालेनले देश बनाउने टिम भन्दै गृहमन्त्री सुधन गुरुङ र पूर्वाधार विकासमन्त्री सुनिल लम्सालको फोटो फेसबुकमा राखेका थिए ।

आज (सोमबार) प्रतिनिधिसभाको बैठकमा सांसद दुलाले भने, ‘प्रधानमन्त्रीले आफ्नो बिदा पनि मनाइसक्नुभएको छ । देश बनाउने उहाँको ३ जनाको जम्बो टोली पनि उहाँले घोषणा गरिसक्नुभएको छ । अब पक्कै पनि प्रधानमन्त्रीलाई केही फुर्सद पनि भयो होला । यो सदनमा आएर जनताका जल्दाबल्दा समस्याको जवाफ दिनुहुन्छ भन्ने अपेक्षा गरेका छौँ ।’

उनले टेम्पो भिरबाट खसालिएको, घरका छानामा ढुंगा हानेको, उद्योगहरू बन्द हुन लागेका लगायतको विषयमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने समेत बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us