अर्थमन्त्री वाग्लेलाई एमालेको प्रश्नः फाइल खोल्ने धम्की कसलाई दिएको ?

काठमाण्डु टुडे २०८३ असार १ गते १२:४१ मा प्रकाशित

काठमाण्डू, १ आसर– प्रतिपक्षी दल एमालेले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रश्नकर्ता सांसदहरूलाई फाइल खोल्ने धम्की दिएको भन्दै यसमा जवाफको माग गरेको छ ।

आज (सोमबार) बसेको प्रतिनिधिसभाको बैठक सुरु भए लगत्तै पार्टीको तर्फबाट समय लिएर बोल्दै एमाले संसदीय दलकी उपनेता पद्मा आर्यालले यस्तो प्रश्न उठाएकी हुन ।

बजेटमाथिको छलफलका प्रश्न गर्ने विपक्षी दलका सांसदहरूलाई लक्षित गर्दै अर्थमन्त्री वाग्लेले पुराना दलका सांसद र नेताहरूको काण्डबारे आफू जानकार रहेको र ति पनि खुल्ने बताएका थिए ।

विशेषगरी करको दर हेरफेर गरिएको विषयमा प्रश्न उठाउने विपक्षी सांसदहरूको चेतनामाथि प्रश्न उठाउँदै यही जेठ २८ गते अर्थमन्त्री वाग्लेले भनेका थिए, ‘तपाईंहरूको काण्डबारे हामी अनभिज्ञ हो र ?’ यसप्रति अर्यालले प्रश्न उठाएकी हुन् ।

‘अर्थमन्त्रीले जवाफ दिँदा जे चीज बताउनुभयो धेरै नै आपत्तिजनक कुरा बताउनुभएको छ’ अर्यालले प्रश्न गरिन्, ‘कसलाई लक्षित गर्नुभएको रु, फाइल खोल्ने धम्की दिनुभएको छ ।’

उनले अगाडि भनेकी छन्, ‘टि स्टेटको पाइल खोलियोस् । यो हार्दिक आग्रह छ । ओम्नी हुन कि वाइडबडी हुन कि के के हुन् । ति खोलियोस् । साचो कुरा जे हो त्यो बाहिर ल्याइयोस् ।’ छानबिनले सत्य ठहरिएन भने गम्भीर आरोप लगाउनेहरू कानुनी कठघरामा उभिन तयार हुनुपर्ने पनि उनको आग्रह छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us