काठमाडौँ, असार १ — प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आफूले सामाजिक सञ्जालमा गरेको पोस्टलाई लिएर विभिन्न टिकाटिप्पणी हुन थालेपछि स्पष्टीकरण दिएका छन् ।
आइतबार साँझ उनले गृहमन्त्री सुधन गुरुङ र भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालसँगको तस्वीर फेसबुकमा सार्वजनिक गर्दै ‘देश बनाउने टोली’ लेखेका थिए ।
उक्त पोस्टलाई लिएर सामाजिक सञ्जालमा मन्त्रिपरिषद्का अन्य सदस्यको अवमूल्यन गरिएको भन्दै आलोचना बढ्न थालेपछि शाहले स्पष्टीकरण दिएका हुन् ।
‘हप्ता भरी काम गरेर म बिदाको दिन जिस्किन्छु, यो समस्या हैन । दुःख त्यो दिन मान्नु, जुन दिन म जिस्किन छोड्छु,’ उनले लेखेका छन् ।