संविधान संशोधनबारे एमालेमा सुरू भयो छलफल

काठमाण्डु टुडे २०८३ जेठ ३१ गते १४:२५ मा प्रकाशित

काठमाण्डू, ३१ जेठ– एमालेको  संविधान पुनरावलोकन तथा सुझाव कार्यदलको बैठक सुरू भएको छ । बैठक आज (आइतबार)देखि एमाले मुख्यालय च्यासलमा सुरु भएको हो ।

कार्यदलमा संयोजक विष्णु पौडेल तथा सदस्यहरू रघुजी पन्त, छविलाल विश्वकर्मा, पद्मा अर्याल, जुलीकुमारी महतो, अग्निप्रसाद खरेल, रमेश बडाल, महेश बर्तौला, कृष्णभक्त पोखरेल, टिकाराम भट्टराई, पासाङ शेर्पा, अमर थापा र डा. राजेन्द्र घिमिरे छन् ।

बैठकले सुझाव तयारी पार्टी पार्टीमा बुझाउने छ। त्यहीअनुसार धारणा बनाएर बहसमा लैजाने एमालेले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us