काठमाण्डू, ३१ जेठ– एमालेका महासचिव शङ्कर पोखरेलले जनभावना विपरीतको अभिव्यक्तिले पार्टीको रक्षा नहुने तर्क गरेका छन । आज (आइतबार) सामाजिक सञ्जालमा एक स्ट्याटस लेख्दै एमाले माहसचिव पोखरेलले यस्तो बताएका हुन ।
उनले सामाजिक सञ्जालमार्फत भनेका छन्– ‘जनभावना विपरीत अभिव्यक्तिले पार्टीको रक्षा हुँदैन। जनभावनाको सम्मान गर्दै जनसम्बन्ध सुदृढ गरौँ, किनकि जनता नै इतिहासका निर्माता हुन ।‘