रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित

काठमाण्डु टुडे २०८३ जेठ ३१ गते १२:५५ मा प्रकाशित

काठमाण्डू, ३१ जेठ– सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम लुम्बिनी प्रदेश अधिवेशनबाट सभापतिमा शालिकराम घिमिरे निर्वाचित भएका छन ।

पहिलो चरणको निर्वाचनमा सभापति पदका लागि ६ जनाबीच प्रतिस्पर्धा भएकोमा शालिकरामले सबैभन्दा बढी १९९ मत प्रप्त गरेका थिए । उनले ५१ प्रतिशत मत नपाएपछि निकटतम प्रतिस्पर्धी गोपाल घिमिरेसँग दोस्रो चरणको निर्वाचन गर्ने भनिएको थियो ।

उनीहरू दुई जनाबीच ११२ मतको फरक रहेको थियो । तर, गोपालले शालिकरामलाई समर्थन जनाएपछि निर्वाचन नगरी शालिकरामलाई सभापतिमा निर्वाचित भएको घोषणा गरिएको रास्वपा सांसद ज्ञानु पौडेलले जानकारी दिएकी छन ।

निर्वाचन परिणामअनुसार रुपन्देहीका शालिकराम घिमिरेले सबैभन्दा बढी १९९, अर्घाखाँचीका गोपाल घिमिरेले ८७ मत, रुपन्देहीका गणेश पौडेलले ८४ मत, बाँकेका डा. राजकुमार सुवेदीले ८० मत, रुपन्देहीका मञ्जु भुसालले ७१ मत र रुपन्देहीकै मधुप्रसाद अर्यालले १९ मत प्राप्त गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us