रविलाई कांग्रेसको प्रश्नः दिल्लीमा हुँदा सिमानाको ‘स’ र कालापानीको ‘क’ उच्चारण किन गरिएन ?

काठमाण्डु टुडे २०८३ जेठ २७ गते १७:०६ मा प्रकाशित

काठमाण्डू, २७ जेठ– प्रमुख प्रतिपक्षी दल कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भारत भ्रमणको क्रममा सिमानाको विषयमा छलफल नगरेको भन्दै आपत्ति व्यक्त गरेका छन ।

उनले लामिछानेले सिमानाको विषय ढोल बजाएर छलफल गर्ने विषय नभएको भनेर दिएको अभिव्यक्तिप्रति पनि आपत्ति जनाएका हुन ।

आज (बुधबार)को प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने, ‘दिल्लीमा हुँदा सिमानाको स र कालापानीको क उच्चारण नगरी किन फर्किनु भयो, ‘हामीलाई पनि थाहा छ ढोल बजाएर हुँदैन । यसका केही मापदण्ड छन् ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us