काठमाण्डू, २७ जेठ– प्रतिपक्षी दल एमालेले प्रधानमन्त्री बालेन शाह (बालेन)ले भारतको सीमा नेपालले मिचेको भन्ने अभिव्यक्तिका विषयमा परराष्ट्रमन्त्री शिशिर खनालको प्रष्टीकरण मान्य नहुने बताएको छ ।
आज (बुधबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै एमाले संसदीय दलका नेता रामबहादुर थापाले जवाफ प्रधानमन्त्रीले नै दिनुपर्ने बताएका हुन् ।
बादलले भने, ‘जवाफ प्रधानमन्त्रीले नै दिनुपर्छ । परराष्ट्रमन्त्रीले जवाफ दिएर हुँदैन । किन कि यो उहाँको अभिव्यक्ति नै होइन, ‘सदनको संकट प्रधानमन्त्रीकै अभिव्यक्तिको कारण आएको हो । संकट समाधान नभएसम्म देशको गरिमाको निम्ति संघर्ष जारी राख्नेछौं ।’