आयल निगममा निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दीपक बराललाई

काठमाण्डु टुडे २०८३ जेठ २५ गते १९:२० मा प्रकाशित

काठमाण्डू, २५ जेठ– नेपाल आयल निगमको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दीपक बरालले पाएका छन । अघिल्लो साता नागेन्द्र साहले सेवाबाट अवकाश पाएपछि रिक्त रहेको उक्त पदमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बराललाई ल्याएको हो ।

अर्को व्यवस्था नहुँदासम्मका लागि उनलाई यो जिम्मेवारी तोकिएको छ । मन्त्रालयले आज सोमबार पत्र पठाएर बराललाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिएको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिए ।

यसअघि चण्डिका भट्टले पदबाट राजीनामा दिएपछि साहले निमित्त प्रमुखको रूपमा निगमको नेतृत्व सम्हालेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us