प्रधानमन्त्रीले सदनमा आएर आफ्नो बोली नसच्याउँदासम्म कार्यसूची अगाडि बढ्दैनः हर्कराज राई

काठमाण्डु टुडे २०८३ जेठ २५ गते १५:३८ मा प्रकाशित

काठमाण्डू, २५ जेठ– श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका सांसद हर्कराज राईले प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा आएर आफूले बोलेको वाक्य नसच्याउँदै सदनको काम कारबाही अगाडि बढ्न नसक्ने बताएका छन ।

आज (सोमबार) बसेको प्रतिनिधि सभाको बैठकमा आकस्मिक समयमा सांसद राईले भने–‘प्रधानमन्त्रीले सीमा सम्बन्धमा व्यक्त गरेको धारणा सच्याउनुपर्छ ।

अरू मन्त्रीले सच्याएर हुन्न उहाँ आफै आएर सच्याउनुपर्छ ।’ प्रधानमन्त्री शाहले नेपालले भारतको सीमा मिचेको बताएका थिए । त्यस्तै, सांसद राईले नेपाली सेनालाई सीमाको रक्षार्थ तैनाथ गरिनुपर्ने उनले बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us