प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउनुपर्छः वर्षमान पुन

काठमाण्डु टुडे २०८३ जेठ २५ गते १४:२० मा प्रकाशित

काठमाण्डू, २५ जेठ– प्रतिपक्षी दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सांसद वर्षमान पुनले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले प्रतिनिधिसभामा नेपालले भारतको सीमा नेपालले मिचेको छ भन्ने अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्छ भन्ने आफूहरूको अडान कायमै रहेको बताएका छन ।

आज (सोमबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद पुनले यस्तो बताएका हुन । उनले प्रधानमन्त्री शाहले प्रतिनिधिसभामा आएर भन्न खोजेको आशय के हो ?

त्यो पनि रोष्टममा उभिएर बताउनुपर्ने समेत उनले बताएका छन । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले समसामयिक राजनीतिक अवस्थाबारे सर्वदलीय बैठक गर्नु सकारात्मक रहेको समेत उनले बताएका छन ।

विवादका विषयमा छलफल सकारात्मक भएको भन्दै अझै केही समय विवाद समाधानका लागि थप छलफलका लागि समय दिन आवश्यक रहेको समेत बताएका छन ।

सांसद पुनले सदन नियमित चलोस् भन्नेमा आफूहरू रहेको समेत बताएका छन । तर सदनमा आएका विषयमा स्पष्ट पारिनुपर्ने समेत बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us