अर्थमन्त्रीमाथि छानबिन हुनुपर्छः ज्ञानबाहादुर शाही

काठमाण्डु टुडे २०८३ जेठ २५ गते १४:१६ मा प्रकाशित

काठमाण्डू, २५ जेठ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबाहादुर शाहीले करका दर हेरफेर गर्ने विषय अर्थमन्त्रीबाहेक अरू कसैलाई थाहा नहुने भन्दै अर्थमन्त्री डा.स्वर्णिम वाग्लेमाथि छानबिन गर्दै राजद्रोहको मुद्दा लाग्नुपर्ने बताएका छन ।

आज (सोमबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै राप्रपा संसदीय दलका नेता शाहीले यस्तो बताएका हुन । शाहीले भने, ‘यस प्रकरणमा अर्थमन्त्रीमाथि नितान्त छानबिन हुनुपर्छ र राजद्रोहको मुद्दा लाग्नुपर्छ ।’

उनले कोरला र रसुवागढी नाकाबाट कर छलीका गाडीहरू प्रवेश गरेको भन्दै करका दर हेरफेरको सूचना कसरी चुहियो भनी प्रश्न गरे । त्यस विषयमा संसदीय छानबिन समिति बनाउनुपर्ने समेत उनले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us