देशका पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना

काठमाण्डु टुडे २०८३ जेठ २५ गते ७:५८ मा प्रकाशित

काठमाडौँ- पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव: पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
हाल नेपालको उपल्लो वायुमण्डलमा पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय वायुको आंशिक प्रभाव देखिएको छ ।

पछिल्लो एक घण्टामा झापा, मकवानपुर, चितवन र गोरखाका केही स्थानमा हल्का तथा छिटपुट वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागमा सामान्यतया बादल लाग्नेछ ।

ती प्रदेशका केही स्थानहरूमा तथा अन्य हिमाली–पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको छ ।

त्यसैगरी मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा केही स्थानमा तातो दिन रहने सम्भावना रहेको विभागले जनाएको छ ।

राति कोशी प्रदेशका थोरै स्थानहरूमा, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागमा तथा कर्णाली प्रदेशका हिमाली क्षेत्रमा एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना रहेको विभागको पूर्वानुमानमा उल्लेख छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us