काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा सहभागी नहुने भएका छन् ।
समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज बिहान ९ बजेका लागि बैठक आह्वान गरिएको हो ।
बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने दलका अध्यक्ष वा सभापतिसहित दुई–दुई जना प्रतिनिधिलाई आमन्त्रण गरिएको छ ।
कांग्रेसका तर्फबाट संसदीय दलका नेता भीष्मराज आङ्देम्बे र सांसद फिरदोश आलम सहभागी हुने जनाइएको छ ।
सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयअन्तर्गत सार्वजनिक लेखा समितिको हलमा बस्ने बैठकका लागि प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई औपचारिक निमन्त्रणा पठाइएको रास्वपाले जनाएको छ ।