नेपालमा रास्वपा सरकार बनेपछि भारत उत्साहित भएको रहेछ: खनाल

काठमाण्डु टुडे २०८३ जेठ २४ गते २२:३९ मा प्रकाशित

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले भारत भ्रमणपछि नेपाल–भारत सम्बन्धबारे सकारात्मक संकेत पाएको बताएका छन् ।
आइतबार भ्रमण सकेर फर्किएका उनले नेपालमा रास्वपा नेतृत्वको सरकार बनेपछि भारतमा उत्साह देखिएको र स्थिर सरकार बनेकाले द्विपक्षीय परियोजना तथा सहकार्य अघि बढाउन सहज हुने विश्वास व्यक्त गरे ।

उनका अनुसार बारम्बार सरकार परिवर्तन हुँदा रोकिएका परियोजना र संवादहरू अब स्थिर सरकारका कारण अघि बढ्ने वातावरण बनेको छ ।

‘नेपालमा रास्वपा सरकार बनेपछि भारत उत्साहित भएको रहेछ, स्थिर सरकारले कन्फिडेन्स दिएको मैले पाएँ’, उनले भने ।

भारत भ्रमणका क्रममा उनले भारतीय विदेशमन्त्री एस. जयशंकर, प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित डोभाल लगायत उच्च अधिकारीहरूसँग भेटवार्ता गरेका थिए. ।

तीन दिने भारत भ्रमणका सिलसिलामा खनाल शुक्रबार नयाँदिल्ली प्रस्थान गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us