काठमाण्डू,२४ जेठ– प्रहरीले मोरङको उर्लाबारी नगरपालिका–७ गोलचोकस्थितबाट लागुऔषध ब्राउनसुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालयको टोलीले उर्लाबारी–६ का २९ वर्षीय केशव श्रेष्ठ र उर्लाबारी–५ का २४ वर्षीय निश्चल गुरुङलाई ब्राउनसुगरसहित आइतबार पक्राउ गरेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको टोलीले प्र १–०२–०५० प १९६० नं को मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा श्रेष्ठको साथबाट १४ ग्राम ७२० मिलिग्राम र पछाडि सवार गुरुङका साथबाट नौ ग्राम ४०० मिलिग्राम लागुऔषध ब्राउनसुगर बरामद गरीएको प्रहरीले जनाएको छ ।
लागुऔषधसहित पक्राउ परेका दुवै जनाको थप अनुसन्धान भइरहेको जिल्ल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ ।