रास्वपा कास्की सभापतिमा अधिकारी एक मतले विजयी

काठमाण्डु टुडे २०८३ जेठ २३ गते २२:४५ मा प्रकाशित

पोखरा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम कास्की जिल्ला अधिवेशनबाट यदुनाथ अधिकारी असभापतिमा निर्वाचित भएका छन् ।

शनिबार भएको मदानमा अर्का प्रत्यासी एकराज न्यौपानेलाई १ मतले पराजित गर्दै अधिकारी विजयी भएका हुन् ।

अधिकारी यसअघि पनि जिल्ला सभापति थिए । अधिकारीले १ सय १५ मत र न्यौपानेले १ सय १४ मत पाएको निर्वाचन समितिले जनाएको छ । २ सय ९५ जना अधिवेशन प्रतिनिधि मध्ये २ सय ३३ मत मात्र खसेको थियो । ४ मत बदर भएको छ ।

अधिवेशनबाट सचिवमा विश्वराज पौडेल तथा सदस्यहरुमा तिमिल्सिना, लक्ष्मी पौडेल, श्याम गुरूङ र सीता चापागाईं निर्वाचित भएका छन् । अन्य पदमा भने सहमतिबाट नेतृत्व चयन भएको छ ।

उपसभापतिमा चिनु गुरूङ, सहसचिवमा सुजन वस्ताकोटी, सदस्यहरूमा श्रवणराज जमरकट्टेल, चित्रबहादुर क्षेत्री, राजकुमार भण्डारी, दलित महिला सदस्यमा लक्ष्मी परियार निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका प्रमुख शंकर पन्तले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us