काठमाण्डु- अर्थमन्त्री स्वर्णिम वाग्लेको सचिवालयले अर्थमन्त्रीलाई जोडेर गरिएका गलत प्रचारबाजीमा ध्यानाकर्षण भएको जनाएको छ ।
मन्त्रीको सचिवालयले एक प्रेस नोट जारी गर्दै भन्सार छली गरेर चीनबाट नेपाल गाडी भित्र्याइएको प्रकरणमा वाग्लेले करको दरबारे सूचना चुहाएको भन्ने आरोपको प्रतिवाद गरेको छ ।
प्रचार गर्नेमध्ये केहीमाथि कानुनी उपचारको प्रक्रिया सुरू भएको तथा केही प्रक्रियामा रहेको मन्त्रीको सचिवालयद्वारा जारी प्रेस नोटमा छ ।
कोरला नाकाबाट भित्र्याउने क्रममा समातिएका बीवाइडी गाडीसँग आफ्नो नाम जोडेको भन्दै वाग्लेले त्यसबारे समाचार लेख्ने एक दैनिक पत्रिकाविरुद्ध प्रेस काउन्सिलमा उजुरी दिएका छन् ।