काठमाण्डू, ५ जेठ– प्रतिपक्षी दल एमालेका सांसद राजेन्द्र राईले सरकारको कार्यशैलीप्रति प्रश्न उठाएका छन । आज (मंगलबार) बसेको प्रतिनिधिसभा बैठकमा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन ।
उनले अर्थमन्त्री अनुपस्थित रहेको अवस्थामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्न नसकिने समेत बताएका छन । उनले प्रधानमन्त्री र अर्थमन्त्री दुवै सदनमा उपस्थित नहुने प्रवृत्तिमाथि प्रश्न समेत गरेका छन ।
उनले सोधे, ‘प्रधानमन्त्री नआउने, अर्थमन्त्री नआउने, कसरी चल्छ यो सदन ?’ उनले प्रतिपक्षलाई सरकार सञ्चालनको जिम्मा दिन चुनौती समेत दिएका छन ।
उनले भने, ‘म थितिलाई बदल्न चाहन्न। यहाँ तपाईँहरूले हेप्नुभयो। प्रधानमन्त्री नआउने, अर्थमन्त्री नआउने, अब तपाईँ पनि आएन भने यहाँ कसले सभा सञ्चालन गर्छरु गम्भीर प्रश्न बनिसक्यो ।
अब प्रतिपक्षलाई दिनुस् । हामी चलाउँछौँ यो देश। देश चलाउने हिम्मत हामीसँग छ। हिजो पनि चलाएको, आज पनि हामी चलाउँछौँ ।’