उजुरीकर्तासँग छलफल सकियो, साढे १ मा प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ

काठमाण्डु टुडे २०८३ जेठ ५ गते १३:२१ मा प्रकाशित

काठमाण्डू, ५ जेठ– प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्मामाथि संसदीय सुनुवाइ जारी छ । संसदीय सुनुवाइ समितिमा अहिले उजुरीकर्ताहरूसँगको छलफल सकिएको छ ।

उजुरीकर्ताहरूले शर्माको शैक्षिक योग्यता र क्षमतामा प्रश्न उठाएका छन् । उनीविरुद्ध परेका १६ वटा उजुरीमाथि छलफल भएको हो ।

सिंहदरबारस्थित समितिको कार्यकक्षमा जारी छलफलमा मकवानपुरका उजुरीकर्ता दिपक न्यौपानेले उनको शैक्षिक प्रमाणपत्र मगाएर अध्ययन गर्न माग गरे । अब दिउँसो साढे १ बजे प्रस्तावित प्रधानन्यायाधीश शर्मामाथिको थप सुनुवाइ सुरु हुने बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us