काठमाण्डू, ५ जेठ– सर्वेच्चको लागि प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माविरुद्ध नेपोबेबीको आरोप लागेको छ । उनीमाथि आजबाट संसदीय सुनुवाइ जारी छ ।
यसैबीच एक उजुरीकर्ताले उनीविरुद्ध नेपोबेबीको आरोप लगाएका हुन् । संसदीय सुनुवाइ समितिमा उजुरीकर्तासँग छलफल जारी छ । कतिपयले शर्माको योग्यता र क्षमतामा समेत प्रश्न उठाएका छन् ।
उनीविरुद्ध १६ वटा उजुरी परेको छ । ‘नेपोबेबीको आरोप एक जनाले लगाएका छन् । बाँकी त्यस्तो केही उजुरी छैन,’ सुनुवाइ समितिका एक सांसदले भने ।