महाराजगञ्जमा रोकिराखेको गाडीमा स्कुटर ठोक्किंदा चालकको मृत्यु

काठमाण्डु टुडे २०८३ जेठ ४ गते १६:५७ मा प्रकाशित

काठमाण्डू, ४ जेठ– काठमाण्डूको महाराजगञ्जमा रोकिराखेको गाडीमा स्कुटर ठोक्किंदा चालकको मृत्यु भएको छ । सडकमा रोकेको प्र–३–०१–०२४ च३६१४ नम्बरको योद्दा गाडीमा बा– प्र. ३–०२–००२ प ११६७ नम्बरको स्कुटर ठोक्किएको थियो ।

आइतबार राति स्कुटर ठोक्किंदा चालक काभ्रेको पनौती घर भएका २० वर्षीय राहुल खत्रीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा गम्भीर घाइते भएका खत्रीको उपचारका क्रममा त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको प्रहरीले बताएको छ । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us