नेपाल बार एसोसिएसनको आकस्मिक बैठक बोलाइयो

काठमाण्डु टुडे २०८३ जेठ ४ गते १५:२५ मा प्रकाशित

काठमाण्डू, ४ जेठ– विकसित घटनाक्रमबारे आफ्नो धारणा सार्वजनिक गर्न भन्दै कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनले आकस्मिक बैठक बोलाएको छ ।

नेपाल बार एसोशिएसनका अध्यक्ष डा. विजयप्रसाद मिश्रले आकस्मिक बैठक बोलाइएको जानकारी दिए । उनका अनुसार, प्रधानन्यायाधीशले जारी गरेको आदेश र त्यसको परिपालना, प्रतिनिधिसभामा केही सांसदहरुले व्यक्त गरेको धारणा लगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।

सोमबार कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले केही रिट एवं निवेदनहरू लामो समयदेखि रोकिएको भन्दै तत्काल तिनलाई दर्ता गर्न र मंगलबारको पेशी तोक्न न्याय प्रशासनलाई आदेश दिएकी थिइन् ।

उनको आदेश सार्वजनिक भएपछि प्रतिनिधिसभाको बैठकमा रास्वपा सांसदहरू समीक्षा बास्कोटा, यज्ञमणि न्यौपाने लगायतले आपत्ति व्यक्त गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us