काठमाण्डू, ४ जेठ– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले जेनजी आन्दोलनमा सिंहदरबारमा जलेको एउटा भवन आफूहरू बनाउन तयार रहेको बताएका छन ।
आज (सोमबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै एउटा भवनको एउटा सानो हिस्सा श्रम संस्कृति पार्टीलाई बनाउन अनुमति दिन माग गरेका हुन ।
उनले भने, ‘जेनजी आन्दोलनमा जलेको सिंहदरबार भित्रका भवनमध्ये कुनै एउटा भवनको एउटा सानो हिस्सा श्रम संस्कृति पार्टीलाई बनाउन अनुमति दिनुहोस् । हामी श्रमदान गरेर बनाउने छौँ ।’