कामु प्रधान न्यायाधीश मल्लालार्ई रास्वपा सांसदको चुनौतीः राजनीति गर्ने भए कोट खोलेर आउनू

काठमाण्डु टुडे २०८३ जेठ ४ गते १४:५१ मा प्रकाशित

काठमाण्डू, ४ जेठ– सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदद्वय यज्ञमणि न्यौपाने र समीक्षा बास्कोटाले कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लको भूमिकामाथि प्रश्न गरेका छन ।

आज (सोमबार) बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समय माग्दै मल्लले संवैधानिक परिषद्को प्रधानन्यायाधीशमा सिफारिसविरुद्ध दायर दरपीठ निवेदन दर्ता गरेर पेसी तोक्न आदेश दिएपछि उनीहरूले आपत्ति व्यक्त गरेका हुन । चौथो वरीयताका डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीश सिफारिसविरुद्धको रिट दर्ता गर्न सर्वोच्च प्रशासनले अस्वीकार गरेको थियो ।

त्यसबारे अधिवक्तासमेत रहेका न्यौपानेले भने, ‘सर्वोच्च अदालत कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लको आदेश भन्ने एउटा आदेश अहिले मिडियामा छरपस्ट आएको छ । यो आदेश इजलास संयुक्त हो कि, एकल हो कि, वा बृहत् इजलास हो कि, या पूर्ण इजलास हो कि, या संविधानको कुन धाराले गाइड गरेको इजलास हो, यहाँ देखिन्न । अदालतका आफ्ना मर्यादा र सीमा छन् ।’

कन्फ्लिक्ट अफ इन्ट्रेस्टको सिद्धान्त देखिने गरी अदालतको न्याय प्रशासनको विषयभन्दा बाहिर गएको भन्दै असन्तुष्टि समेत व्यक्त गरेका छन । सांसद बास्कोटाले पनि मल्लको अभिव्यक्तिप्रति आपत्ति व्यक्त गरेकी छन ।

उनले भनिन्, ‘उहाँले लडाइँ अझै बाँकी छ भन्नुभएको छ, को सँग लडाइँ बाँकी छ रु उहाँ त न्यायमूर्ति हो । उहाँले सरकारसँग लडाइँ अझै बाँकी छ भन्नुभएको हो रु राजनीति गर्न मन भए कोट खोलेर आउनुहोला हामी तयार छौँ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us