सम्पत्ति जाँचबुझ आयोगविरुद्धको रिटमा कारण देखाउ आदेश

काठमाण्डु टुडे २०८३ वैशाख ३० गते २०:२२ मा प्रकाशित

काठमाण्डू, ३० वैशाख- सर्वोच्च अदालतले सम्पत्ति जाँचबुझ आयोगविरूद्धको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ ।

न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले बुधबार विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको हो । आदेश जारी हुनुनपर्ने भए सो को आधार र

कारणसहित म्याद सूचना पाएका मितिले बाटाका म्यादबाहेक १५ दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्न आदेशमा भनिएको छ ।

‘यसमा के कसो भएको हो ? निवेदकको मागबमोजिमको आदेश किन जारी हुन नपर्ने हो ? आदेश जारी हुनुनपर्ने भए सो को आधार र कारणसहित म्याद सूचना पाएका मितिले बाटाका म्यादबाहेक १५ दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्नू,’ आदेशमा छ ।

रिटमा सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोग असंवैधानिक र गैरकानुनी भएकोले खारेजीको माग गरिएको छ ।

सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोग खारेजीको माग गर्दै अधिवक्ता प्रेमराज सिलवालले मंगलबार दोस्रोपटक रिट दायर गरेका थिए ।

बालेन्द्र शाह (बालेन) शाह नेतृत्वको सरकारले गत २ वैशाखमा सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको नेतृत्वमा सम्पत्ति छानबिन आयोग गठन गरेको थियो ।

पूर्वअर्थमन्त्री रामेश्वर खनालले सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिन प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) संसद् बैठकमा नआएकामा विरोध जनाएका छन्

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us