प्रधानमन्त्री नआएसम्म संसद चल्न नदिने विपक्षीको अडान, स्थगित भयो बैठक

काठमाण्डु टुडे २०८३ वैशाख ३० गते १७:५३ मा प्रकाशित

काठमाण्डू, ३० वैशाख- प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) उपस्थित हुनैपर्ने अडानबाट विपक्षी दलहरु टसमस नभएपछि बुधबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक कार्यसूचीमा प्रवेशै नगरी स्थगित भएको छ ।

सभामुख डोलप्रसाद (डिपी) अर्यालले बैठक बिहीबार बिहान ११ बजे बस्ने गरी स्थगति भएको घोषणा गरे ।
विपक्षी दलका सांसदहरुले पटकपटक बैठक अवरुद्ध गरेका थिए ।

सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ प्रधानमन्त्री शाहले दिने कार्यसूची थियो ।

तर, बैठक सुरु हुनासाथ प्रधानमन्त्री शाहले आफूले दिनुपर्ने जवाफ अर्थमन्त्री स्वर्णिम वाग्लेले दिनेबारे लिखित जानकारी सभामुखलाई गराएका थिए । सभामुख अर्यालले उक्त जानकारी सभालाई गराएपछि विपक्षी सांसदहरुले उठेर विरोध गरेका थिए । उनीहरुले जवाफ दिन उपस्थित हुनुपर्ने हडान राखिरहे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us