काठमाण्डू, ३० वैशाख- सभामुख डोलप्रसाद अर्यालले आफू श्रम, रोजगार तथा सामजिक सुरक्षामन्त्री हुँदाका निजी सचिव प्रकाश अधिकारीलाई संघीय संसदको सचिवमा नियुक्ति दिलाएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले अर्यालको सिफारिसमा अधिकारीलाई बुधबार सचिव नियुक्त गरेका हुन् । संविधानमा सभामुखको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभाको सचिव नियुक्त गर्ने व्यवस्था छ ।
राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले सभामुखले सिफारिसमा खाँदबारी नगरपालिका– ३ संखुवासभाका अधिकारीलाई राष्ट्रपतिले सचिव नियुक्त गरेको उल्लेख छ । नायब सुब्बाबाट निजामति सेवामा प्रवेश गरेका अधिकारी उपसचिवबाट सेवा निवृत्त भएका थिए ।