नुवाकोटमा दुई पुरुष मृत फेला

काठमाण्डु टुडे २०८३ वैशाख ३० गते १७:१३ मा प्रकाशित

नुवाकोट, ३० वैशाख- नुवाकोटमा दुई जना पुरुष मृत फेला परेका छन् ।

म्यागङ गाउँपालिका ४ म्यागङबेशीस्थित छहरामा स्थानीय ४३ वर्षीय सोमनाथ तामाङ र ३६ वर्षका सूर्यमान तामाङ मृत भेटिएका हुन् ।

जिल्ला प्रहरीका डिएसपी विक्रम लामाले मृतकको छाती र शरीरमा भरूवा बन्दुकको छर्राको चोट लागेको देखिएको बताए । घटना मंगलबार रातिको भए पनि बुधबार मात्र जानकारी पाइएको उनले बताए ।
प्रहरीले घटनाको अनुसन्धान जारी रहेको जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us