प्रधानमन्त्रीलाई र्‍याप हान्न बोलाएको होइनः ज्ञानबाहादुर शाही

काठमाण्डु टुडे २०८३ वैशाख ३० गते १४:२२ मा प्रकाशित

काठमाण्डू, ३० वैशाख– प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानबाहादुर शाहीले प्रधानमन्त्रीलाई संसद्मा गीत गाउन नभइ जवाफ माग्नका लागि बोलाइएको बताएका छन् ।

आज (बुधबार) प्रतिनिधिसभा बैठक स्थगित भएपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले यस्तो बताएका हुन । ‘प्रधानमन्त्रीलाई संसद्मा पप गीत गाइदिन वा र्‍याप हान्न बोलाएको होइन नि,’ शाहीले भने, ‘उहाँलाई त्यहाँ जवाफ दिन बोलाइएको हो ।’

यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित हुँदा रास्वपाकै सांसदहरूले संसद् बैठकमा अवरोध गरेको पनि उनले सम्झाए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us