संसदमा प्रधानमन्त्री बालेनको राजीनामा माग

काठमाण्डु टुडे २०८३ वैशाख ३० गते १४:१४ मा प्रकाशित

काठमाण्डू, ३० वैशाख– प्रतिपक्षी दलका सांसदहरूले संसद्मा प्रधानमन्त्री बालेन शाह (बालेन)को राजीनामा माग गरेका छन् । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको जवाफमा उपस्थित नभएको भन्दै विपक्षीहरूले राजीनामा माग गरेका हुन् ।

आजबाट नीति तथा कार्यक्रममाथि छलफल थाल्ने कार्यसूची छ । जसमा प्रधानमन्त्रीले दिनुपर्ने जवाफ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिन लागेपछि विपक्षीले अवरोध गरेका हुन् । उनीहरूले अहिले प्रधानमन्त्रीको खोजी गर्दै विरोध गरेका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us