विष्णु रिमालको प्रश्नः प्रधानमन्त्रीले गर्ने काम अन्य मन्त्रीले गर्न मिल्छ ?

काठमाण्डु टुडे २०८३ वैशाख ३० गते १२:११ मा प्रकाशित

काठमाण्डू, ३० वैशाख– एमाले नेता विष्णु रिमालले प्रधानन्त्री बालेन्द्र शाह (बालेन)को कार्यशैलीप्रति सामाजिक सञ्जाल फेसबुकमा प्रश्न गरेका छन । सरकारको नीति तथा कार्यक्रमको प्रस्तुत भइरहँदा प्रधानमन्त्री उठेर हिँडेको र संसदलाई जवाफ दिन नचाहेको सन्दर्भमा एमाले नेता रिमालले प्रश्न उठाएका हुन ।

नीति तथा कार्यक्रममाथि संसदमा उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिनुपर्ने परम्परा तोड्दै आज अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफ दिने बताइएको छ । रिमालले प्रधानमन्त्रीले गर्ने काम अर्को मन्त्रीले गर्न मिल्छ ?

भन्ने प्रश्न समेत उठाएका छन् । उनले लेखेका छन्, ‘साच्चै, प्रधानमन्त्रीज्यूलाई भएको चाहिँ के हो ? के प्रधानमन्त्रीले गर्ने काम अन्य मन्त्रीले गर्न मिल्छ ? के केही समयदेखि चर्चामा रहेझैँ– प्रधानमन्त्रीले कसैलाई ‘गन्दैनन्’, संसद् र सांसदको मानमर्यादा राख्दैनन् भन्ने कुरा नै पुष्टि गर्न खोजिएको हो ?’

जसले नीति तथा कार्यक्रम ल्यायो, उसैले प्रस्तुतिको समयमा सुन्ने धैर्यता राख्दैन र अन्य पार्टीको धारणा पनि सुन्न चाहँदैन भने विपक्षी दलहरूले र्‍याइँर्‍याइँ गर्दै अर्थहीन ‘कागज’ को बारेमा किन बोलिरहनु पर्ने ? कसलाई सोध्नु पर्ने ?’ रिमालको थप प्रश्न छ, ‘कार्यकारी प्रमुखले जुन संस्थाको इज्जत गर्दैन, अरूले त्यसको मान राख्न किन लागिरहनु पर्ने रु रास्वपाका मित्रहरू, लौन स्पष्ट पारिदिनुस !’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us